१ कार्तिक २०८३, आइतबार

मोदी खलनायक निस्किए, सारा जनताको श्राप लाग्नेछः शंकराचार्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shankaracharyas

काठमाडौं, ७ मंसिर । आफ्नो बयानलाई लिएर चर्चामा आइरहने शंकराचार्य जगदगुरु स्वरुपानन्द सरस्वतीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विषयमा विवादित वयान दिएका छन् ।

शंकराचार्यले नोटबन्दी (५०० र १००० मा प्रतिबन्ध)को निर्णयको आलोचना गरेका छन् । उनले भनेका छन्–‘नोटबन्दीका कारण ज्यान गुमाइरहेका जनताको श्राप मोदीलाई लाग्नेछ ।’ शंकराचार्य यतिमै रोकिएनन् बल्की मोदी राजलाई अंग्रेजभन्दा पनि गहिगुज्रेको भने ।

पत्रकारहरुको प्रश्नमा शंकराचार्यले नोटबन्दी फैसला गलत भएको बताउँदै मोदीले सेवक होइनन् खलनायक र तानाशाहको भाषा बोलिरहेको आरोप लगाए । यो सरकार जिउधनको रक्षा गर्नुको साटो जनताको ज्यान र धन लिइरहेको छ उनले भने ।