१९ कार्तिक २०८३, बिहिबार

गोरु काटेको अभियोगमा दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3जिरी (दोलखा), ७ मङ्सिर । गोरु काटेको अभियोगमा प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिरी नगरपालिका– ५ नाबुक टोलका ३८ वर्षीय फुर्वा शेर्पा र ६० वर्षीय पल्दे शेर्पा छन् ।

स्थानीयवासीले दिएको सूचनाका आधारमा राति ८ बजे उनीहरुलाई गोठमा मासु काट्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी नायब निरीक्षक मोहनप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थलबाट ४० किलो गोरुको आलो मासु बरामद गरेको छ । बरामद गरिएको मासु स्थानीयवासीको रोहबरमा आज नष्ट गरिएको छ ।

अभियुक्तले गोरु जिउँदो नभई बिरामी भएर आफैँ मरेको र मासु खानका लागि काटिएको बताएका छन् । रासस