काठमाडौं, ८ मंसिर । प्रहरी हुँ भनेर राजधानीका लज र डान्सबारमा आतंक मच्चाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्री प्रहरी समाचार कक्षका अनुसार इलाम गोर्खे–२ घर भई अल्टा सेक्युरिटी काठमाडौँमा काम गर्ने ३२ वर्षीय चेतुन दाहाललाई स्थानीय बासिन्दालाई धम्काएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
दाहालले सोमबार काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर स्थित रमाईलो लजमा आफु व्यूरोबाट आएको प्रहरी हुँ भनी हातमा नक्कली वाकीटकी बोकी स्थानिय मानिसहरूलाई डर त्रास देखाएका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया