१९ कार्तिक २०८३, बिहिबार

खराब समाचार बाहिरिने भएपछि सिरहामा पत्रकार यादबमाथि आक्रमण

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mithilesh-yadavसिरहा, ७ मंसिर । सिरहाको लहानस्थित लीला मदन पोलि–क्लिनिक तथा प्रसुति गृहमा समाचार संकलन गर्न गएका नागरिक दैनिकका सम्वाददाता मिथिलेश यादबमाथि आक्रमण भएको छ ।

प्रसुति गृहमा समाचार संकलन गर्ने क्रममा सोमबार पत्रकार यादबको क्यामेरा समेत फुटाइदिएका हुन् । उक्त क्लिनिकले एक बिरामीको उपचारमा लापरबाही गरेपछि पत्रकार यादब समाचार संकलन गर्न पुगेका थिए ।

पत्रकार यादबमाथि भएको आक्रमणको प्रेस चौतारी नेपाल सिरहा, एक्टिभ जर्नालिष्ट नेटवर्क सिरहा, नेपाल प्रेस सोसाइटी नेपाल सिरहा लगायतले छुटाछुट्टै प्रेस विज्ञप्ति जारी गरी भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाहीको माग गरेको हो ।

पत्रकारमाथि आक्रमण गरी सञ्चार साधन तोडफोड गर्नु अपराधी कार्य भएको ठहर गर्दै पत्रकारलाई न्याय दिलाउन सम्बन्धित पक्षसंग प्रेस चौतारीले माग समेत गरेको छ ।