रोल्पा, ६ मंसिर । रोल्पामा लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मिरुल गाबिस वडा नं. २ को जंगलमा चरेस बोकेर हिडिरहेको अबस्थामा ह्वामा ९ का २२ वर्षीय जीवन घर्ती र थबाङ २ का २५ वर्षीया बमकुमारी बुढालाई पक्राउ गरिएको हो ।
रोल्पाका प्रहरी प्रवक्ता इन्सपेक्टर केशबबहादुर बस्नेतले सुराकीका र चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको बताए । उनीहरुको साथबाट पोका पारेर राखिएको करिब ३ किलो र झोलामा राखिएको ३ किलो ४ सय ग्रम चरेश फेला बरामद गरिएको छ ।












प्रतिक्रिया