पाँचथर, ६ मंसिर । पाँचथरमा लडेर एकैदिन दुई जनाको मृत्यु भएको छ ।
रानीटार गाविस १ का ६६ बर्षीय सहरध्वज थेगीमको मंसिर ५ गते लडेर मृत्यु भएको हो । थेगीमकी पत्नी खोज्न जादै गर्दा फ्याक्तेन भन्ने स्थानमा बाटो देखि लडी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अर्का एउटै गविस वडा नम्बर ८ का ५१ बर्षीय जहरमान गुरुङ आइतबार दिउँसो तमाखे घले गाँउ जाने कच्ची गोरेटो बाटोमा पर्ने भिरदेखि लडेर मृत फेला परेको प्रहरीले जनाएको छ । उनी घर गाउँमा काम गर्न जान्छु भनी घरदेखि हिडेका थिए ।
जिल्ला प्रहरीले पाँचथर अस्पतालमा पोष्मार्टम प्रक्रिया पूरा गरी दुवै शवलाई आफन्तको जिम्मा लगाएको छ ।













प्रतिक्रिया