१९ कार्तिक २०८३, बिहिबार

सांसदको तलबभत्ता वृद्धिको विरोधमा उत्रियो युवा संघ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahari

काठमाडौं, ६ मंसिर । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले जनताका प्रतिनिधि जनताप्रति नै उत्तरदायी नभएको आरोप लगाएका छन् ।

आइतबार व्यवस्थापिका संसदका सदस्यहरुको तलबभत्ता वृद्धि भएको खबर सुनलगत्तै त्यसको विरोध गर्दै पहारीले मुलुक आर्थिक रुपले कमजोर भएका बेला सेवासुविधा बढाउनु गलत भएको बताए ।

‘सरकारले भूकम्प पीडितहरुलाई अझैसम्म राहत दिन नसकिरहेको बेला, मुल्यवृद्धिले जनताको ढाड सेकेको बेला, मुलुकको अर्थतन्त्र ओरालो लागेको बेला माननीय सांसदहरुले आफ्नो तलब भत्ता वृद्धि गर्न लाग्नु भनेको जनताप्रति पुरै अनुत्तरदायी हुनु होइन र ?’ पहारीले सामाजिक सञ्जाल फेसबुकबाट प्रश्न गरेका छन्– ‘कि जात्रा फिल्ममा भने जस्तै पैसाले समाजमा आफ्नो छुट्टै हैसियत राख्ने भएको ले होला हाम्रा माननीय सांसदहरु तलब भत्ता वृद्धि गर्ने कुरामा सबै एक ठाउँमा उभिनु भएको ?’