३ कार्तिक २०८३, मंगलबार

गोलमेच सम्मेलनमा जान किन तयार भए प्रधानमन्त्री कोइराला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM-5-272x232काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले नेकपा–माओवादीको मागअनुसारको सर्वपक्षीय राजनीतिक सम्मेलन गर्न आफूहरु तयार रहेको बताउनु भएको छ ।

सहमतिमै भदौ २१ गतेभित्र संविधानको पहिलो मस्यौदा जारी गर्न दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अर्न्तगत बिहीबार अध्यक्ष ऋषि धमलासँग ज्ञापनपत्र बुझ्दै उहाँले

सर्वपक्षीय गोलमेच गर्न कुनै अप्ठ्यारो नभए पनि संविधान भने संविधानसभाबाटै जारी हुने स्पष्ट पार्नुभएको हो ।

प्रधानमन्त्रीले संविधानका विवादित विषयहरुमा सहमति जुटाउन सबै प्रयत्नशिल रहेको भन्दै माघ ८ गतेभित्रमै संविधान जारी गर्ने विषयमा शंका नगर्न आग्रह पनि गर्नुभएको थियो ।

उहाँले सहमतिको लागि प्रयत्नशील रहेको भन्दै सकेसम्म भदौ २१ गतेभित्रै शासकीय स्वरुप र संघीयताको विषयमा सहमति हुने विश्वास दिलाउँनुभयो ।

वैद्य नेतृत्वको मागप्रति आफु सकारात्मक रहेको पनि जानकारी गराउनु भएको थियो ।

‘तोकिएकै मिति माघ ८ गतेभित्रै संविधानसभाबाटै संविधान जारी गर्नको लागि वैद्यजीहरुले अघि सार्नुभएको गोलमेच सम्मेलन गर्न तयार छौं,’ उहाँले भन्नुभयो ।

सहमतिको लागि दवाव दिन सुरु गरेको रिपोर्टर्स क्लब नेपालको अभियानको प्रशंसा गर्दै कोइरालाले सहमतिको लागि सबैलाई दवाव दिन आग्रह गर्नुभएको थियो ।