१ कार्तिक २०८३, आइतबार

कमल थापाको सरपराइजः गायिका कोमल वली राप्रपामा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

komal oli (3)

काठमाडौं, ६ मंसिर । गायिका कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् ।

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा समारोहमा वलीलाई फूलमालासहित पार्टी प्रवेश गराएर अध्यक्ष कमल थापाले सरपराइज दिए ।

‘म त्यसै छोड्नेवाला छैन, मसँग खुसीको कुरा छ’ भन्दै अध्यक्ष थापाले वलीलाई पार्टीमा स्वागत गरेको भन्दै फूलमाला लगाइदिएर समारोहमा उपस्थित सबैलाई सरपराइज दिएका थिए । त्यसपछि वलीलाई राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले स्वागत गरेका थिए ।

गायिका वली हाल रेडियो नेपालमा कार्यरत छिन् । दाङ घर भएकी उनले ‘राजनीति’ नामक फिल्ममा राजेश हमालसँग अभिनय समेत गरेकी छन् ।