१९ कार्तिक २०८३, बिहिबार

युवा संघको लाइब्रेरी खोल्ने अभियानमा अविनाशको पुस्तक सहयोग

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anamol-abnish

काठमाडौं, ६ मंसिर । युवा संघ नेपालका केन्द्रीय प्रचार विभाग सदस्य अनमोल अविनाशले युवा संघको लाइब्रेरी (पुस्तकालय) खोल्ने अभियानमा पुस्तक सहयोग गरेका छन् ।

आइतबार युवा संघ नेपाल केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित संविधान कार्यान्वयनमा युवाको भूमिका विषयक विचार गोष्ठी तथा किताब विमोचन कार्यक्रममा रामेछापका युवा अविनाशले ४ दर्जन भन्दा बढी पुस्तक संघका अध्यक्ष राजीव पहारीलाई हस्तान्तरण गरेका छन् ।

anamol-abnish-1

युवा संघका पदाधिकारी तथा कार्यकर्ताहरु उत्पादनमुखी, बैचारिक, अध्ययनशील, लगनशील र शीर्जनशील बन्नुपर्ने अवधारणाअनुसार आफूले पुस्तकालय खोल्ने अभियानमा पुस्तक सहयोग गरेको केन्द्रीय प्रचार विभाग सदस्य अविनाशले बताए ।

साथै उनले संघका सबै सदस्यहरुलाई यो अभियानलाई सफल बनाउन आफूसंग भएका पुस्तकहरू लाइब्रेरीलाई दिन आग्रह समेत गरेका छन् । ‘आफूले अध्ययन गरेका किताबहरू अरूलाई पनि अध्ययन गर्ने मौका दिनुस्,’ उनले भनेका छन् ।

मार्क्सवादी दर्शनसम्बन्धी किताबहरु पुस्तकालय सञ्चालय आइसकेपछि हस्तान्तरण गर्ने उनको योजना छ ।