नयाँदिल्ली, ६ मंसिर । जम्मू–काश्मीरको राजौरी सेक्टरमा भारत–पाकिस्तानका सेनावीच गोलीबारी भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार राति भएको गोलाबारीमा भारतीय सेना बीएसएफका जवानको मृत्यु भएको छ । पाकिस्तानी सेनाले सो क्षेत्रमा अचानक गोलाबारी गरेको समाचारमा उल्लेख छ ।
भारतीय सञ्चारमाध्यमहरूले भारतीय भूमिमा पाकिस्तानले अचानक आक्रमण गरेको दाबी गरेका छन् । यो आक्रमणका विषयमा पाकिस्तानले केही बताएको छैन ।
अचानक भएको गोलीबारीमा भारतीय चार सैनिक गम्भीर रुपमा घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । – एजेन्सी















प्रतिक्रिया