१ कार्तिक २०८३, आइतबार

शी जिनपिङ र ओबामाबीच अन्तिम भेट, दुई राष्ट्रबीच सम्बन्ध बढाउन सहमत

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama-xi-jinping

लिमा, ५ मङ्सिर । चिनियाँ राष्ट्रपति सी जिन पिङ्ग र अमेरिकी समकक्षी बाराक ओमाबाबीच शनिबार पेरुको राजधानी लिमामा सौहार्द्र भेटवार्ता भएको छ ।

यी दुई सर्बोच्च नेताबीच भएको भेटवार्तामा चीन र अमेरिका बीचको वर्तमान द्विपक्षीय सम्बन्धलाई अझै स्वस्थ्य र दरिलो पार्दै अघि बढाउँदै लैजानमा सहमत हुँदै यसलाई अविनाशी र चीरस्थायी पार्नमा दुवैले सक्दो प्रयास गर्नेसमेत व्यक्त गरिएको छ ।

एसिया तथा प्रशान्त महासागरीय राष्ट्रबीच आर्थिक सहयोग (एपेक) सम्मेलन सन् २०१६ मा भाग लिन जानुभएका राष्ट्रपतिद्वयले सम्मेलनको शून्य समय वार्ता (साइड लाइन टक्स) मा छलफल गर्दै दुवै जनाको संयुक्त प्रयासले द्विपक्षीय सम्बन्ध बिस्तारमा नौलो आयाम थपी अतिरिक्त प्रगति हासिल गर्ने पनि बताउनुभएको छ ।

चिनियाँ राष्ट्रपति सीले अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग केही दिन अघि मात्र टेलिफोन वार्ता भएको पनि समकक्षी ओबामासँग चर्चा गर्दै सिले ओबामासँग जस्तै नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग दुई देशको सरोकार रहेका हरेक क्षेत्रमा घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको समेत बताउनुभएको छ ।

त्यस्तै, विगतका केही वर्षदेखि चीनसँग नजिकिँदै क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सफल द्विपक्षीय सहकार्य गरेको र यसमा राष्ट्रपति सिले गर्नुभएको हार्दिक सहयोग, मित्रता र आपसी विश्वासको राष्ट्रपति ओबामाले पनि स्मरण गर्नुभयो । – सिन्ह्वा