१९ कार्तिक २०८३, बिहिबार

एमालेकै लाइनमा कांग्रेस महामन्त्री शशांक कोइराला!

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sashanka-koirala

कावासोती, ५ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नवलपरासीको दाउन्ने पूर्वको क्षेत्र ‘नवलपुर’ प्रदेश नं ४ मै रहने बताउनुभएको छ ।

नवलपुर क्षेत्रलाई प्रदेश नं ४ मा नै राख्नुपर्ने माग गर्दै चोरमारामा सडक बन्द गरी बसेका तरुणदल र नेविसङ्घका कार्यकर्तालाई आज सम्बोधन गर्दै उहाँले सीमाङ्कन सम्बन्धित संशोधनमा नवलपुर प्रदेश नंं ४ मा नै रहने गरी व्यवस्थापिका–संसद् र पार्टीमा कुरा उठाउने बताउनुभयो ।

नेकपा एमालेले पनि नवलपुर ४ नम्बर प्रदेशबाट टुक्राउन नहुने अडान राख्दै आएको छ ।

संविधानमा नवलपरासीको नवलपुर खण्ड प्रदेश नं ४ मा रहेको छ । तर संशोधन प्रस्तावमा प्रदेश नं ५ मा राख्ने हल्लासँगै नवलपुरवासी आन्दोलित भएका हुन् । रासस