१९ कार्तिक २०८३, बिहिबार

‘म बनाउँछु मेरो धरहरा’ अभियानमा प्रवासी नेपाली मञ्च यूएईको २ लाख सहयोग

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

onf-uae

काठमाडौं, ५ मंसिर । प्रवासी नेपाली मञ्च यूएईले ‘म बनाउँछु मेरो धरहरा’ अभियानमा दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेर प्रवासी नेपाली मञ्च युएईका महासचिव भेषराज ढकालले सहयोग रकम हस्तान्तरण गरेका हुन् । साथै, एमाले पार्टी भवन निर्माणका लागि पनि तीन लाख रुपैयाँ सहयोग गरेका छन् ।

‘अध्यक्ष ओली प्रधानमन्त्री हुँदा स्वंमले आफ्नो एक महिनाको तलब दिएर घोषणा गर्नु भएको कार्यक्रम ‘म बनाउँछु मेरो धरहरा’ अभियानको लागि जम्मा २ लाख रुपैयाँ  र नेकपा एमालेको पार्टी भवन निर्माणको लागि ३ लाख रुपैयाँ सहयोग गरेको जानकारी गराउँछु,’ महासचिव ढकालले भनेका छन् ।

उनका अनुसार अध्यक्ष ओलीसँगको भेटमा प्रवासी नेपाली मञ्च यूएईको टोलीले प्रदेशमा नेपालीहरुले भोग्दै आएका समस्याहरु ध्यानकर्षण पत्रमा उल्लेख गरी बुझाएका थिए ।