१९ कार्तिक २०८३, बिहिबार

कांग्रेस, एमाले र माओवादी मिलेरै निकास दिनुपर्छः मन्त्री केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arjun-narsingh-kcनुवाकोट, ५ मंसिर । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले देशमा स्थायी शान्तिका लागि संविधान संशोधन जरुरी रहेको बताएका छन् ।

उनले वर्तमान संविधानको सफल कार्यान्वयन नै सबै दलको सफलता भएको भन्दै मधेसी दललाई साथमा लिएर सहमतिबाटै संविधान संशोधन गरिने बताए ।

नुवाकोटको दक्षिणी भेगमा रहेको तारुका गाविस वडा नं. १ चौतारागाउँस्थित गौरापार्वती सामुदायिक अस्पतालको आइतबार उद्घाटन गर्दै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री केसीले देश चुनौती र जटिलताको मोडमा रहेको कारण तीन मुख्य दलहरु कांग्रेस, एमाले र माओवादी एकजुट भई समस्या समाधानमा लाग्नुकोे विकल्प नरहेको बताए ।

मन्त्री केसीले ६५ वर्षपछि नेपाली जनताले पाएको उत्कृष्ट संविधानमा केही असन्तुष्टि आएपनि त्यसका लागि सबै मिलेर एउटा सहज बाटो खोज्नुपर्ने बताए ।

उनले संविधान कार्यान्वयन नहुने अवस्था आए देशमा गम्भीर संकट उत्पन्न हुने भएका कारण सरकार र प्रतिपक्षको भूमिका समन्वयकारी हुनुपर्ने बताए ।