रोल्पा, ५ मंसिर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा राजनेता नभएकै कारण विस्तृत शानित सम्झौता भएको १० वर्ष बतिसक्दा समेत शान्ति प्रक्रिया अझै टुंगोमा पुग्न नसकेको बताउँनुभएको छ ।
‘अहिले मुलुकमा राजनेताको अभाव खड्किएको मैले महशुस गरेको छु’, उहँले भन्नुभयो । नेपाली कांग्रेस रोल्पाले लिवांगमा आइतबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा कोइरालाले सशस्त्र बिद्रोहका समयमा ज्यान गुमाएका, बेपत्ता पारिएका र घाइते भएका कांग्रेस कार्यकर्ताहरूप्रति सिंगो पार्टी नै मौन रहेको बताउनुभयो । ‘कांग्रेसका नेताहरू पनि पीडितलाई सहायता गर्ने पक्षमा छैनन्’, उहाँले भन्नुभयो ।
डा.कोइरालाले माओवादीले बिद्रोह सुरू गर्नु अगाडि गरेका पूर्वअभ्यासमा मारिएका कांग्रेसका कार्यकर्ताका परिवारले क्षतिपूर्ति र राहत पाउँनुपर्ने अडान राख्नुभयो । ‘यस विषयमा मैले सरकारलाई दबाब दिनेछु’, उहाँले भन्नुभयो ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा कांग्रेस नेता डा.कोइरालाले महत्वपूर्ण भूमिका खेलेका थिए ।












प्रतिक्रिया