रुकुम, ५ मंसिर । रुकुममा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काक्री गाविसबाट रुकुमकोटका लागि छुटेको बा १ ख ९६९१ नम्बरको मिनी ट्रक आइतबार बिहान रुकुमकोट – ९ रातापहरामा दुर्घटना हुँदा मोरावाङ–३ की सपना सुनार र गाडी चालक सल्यान शिवरथका लालवीर बिकको ज्यान गएको हो ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा मारोवाङ–३ की पूर्णिमा सुनार, सल्यानका अर्जुन बिक र रुकुम स्यालाखदीका कमल बिक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुकोे स्वास्थ्य चौकी रुकुमकोटमा उपचार भैरहेको छ ।
घटनाको खबर पाईए लगतै इलाका प्रहरी कार्यालय रुकुमकोटको प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका हुन् । दुर्घटनाको कारण थाहा नभएको प्रहरीले बताएको छ ।













प्रतिक्रिया