काठमाडौं, ५ मंसिर । भारतको कानपुरमा रेल दुर्घटना हुँदा ६३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५० भन्दा बढी घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पटनाबाट इन्दौरतर्फ जाँदै गरेको पटना–इन्डोर एक्सप्रेसको रेल आइतबार बिहान दुर्घटना भएको हो । रेल दुर्घटनामा १४ डिब्बा पल्टिएका थिए । यी डिब्बाभित्र अझै कयौं घाइते फँसिरहेको बताइएको छ ।
रेल प्रवक्ता अनिल सक्सेनाले बिहान ३ बजे कानपुरको ग्रामीण भागमा पटना–इन्डोर एक्सप्रेसको १९३२१ नम्बरको रेल दुर्घटना भएको र दुर्घटनासँगै लखनऊको मध्यप्रदेश र महाराष्ट्र जोड्ने रेल प्रभावित भएको बताएका छन् ।
















प्रतिक्रिया