१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय राजनीतिमा अल्पसंख्यक ‘कायस्थ’ समुदायले स्थान खोज्दै

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manish-sumanराजविराज, ५ मंसिर । तराईका जिल्लाहरूमा बसोबास गर्दै आएको अल्पसंख्यक ‘कायस्थ’ समुदायले राष्ट्रिय राजनीतिमा आफ्नो पहुँच आवस्यक रहेको जनाएको छ ।

राजविराजमा शनिबार आयोजित विशेष कार्यक्रममा सहभागी वक्ताहरूले कायस्थ समूदायलाई राज्यका हरेक अंगमा स्थान हुनुपर्ने माग गरेका हुन् ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार समुनले पनि कायस्थ समुदायको उत्थान र राज्यमा सहभागिताका लागि आफूले पहल लिने बताउनुभयो ।

‘मुलुकभरिमा जम्मा ४३ हजारको संख्यामा रहेको कायस्थ समुदायको लागि मिलेर जानुपर्छ’, उहाँले भन्नुभयो, ‘हामी सबै मिलेर मात्रै कायस्था समुदायलाई राष्ट्रिय राजनीतिका साथै हरेक क्षेत्रमा सहभागी गराउन सक्छौँ ।’

यसैवीच, कायस्थ समुदायहरूको संस्था श्री चित्रगुप्त सेवा समितिले सद्भावना पार्टीका महासचिव सुमनलाई सम्मान तथा अभिनन्दन गरेको छ । राजनीति र समाजवामा सुमनले पुगाएको योदनाको कदरस्वरुप यो सम्मान गरिएको हो ।