३ कार्तिक २०८३, मंगलबार

अस्पताल प्रशासनले पीडितलाई क्षतिपुर्ति दिएको विरोधमा चिकित्सकले अस्पताल बन्द गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bharatpur-hospitalचितवन, १९ भदौ । स्वास्थ्य क्षेत्रमा कार्यरत चितवनका ११ संघसंस्थाले बिहीबार भरतपुर अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गराएका छन् ।

भरतपुर अस्पताल प्रशासनले उपचारका क्रममा भदौ १६ गते राति मृत्यु भएकी शारदा राउतको परिवारसँग गरेको सम्झौता खारेजीको माग गर्दै अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गराएका हुन् ।

अस्पताल प्रशासनले मृतकका नाममा आमा तथा शिशु आकस्मिक कोष खडा गर्ने, मृतकका बालबच्चाको उच्च शिक्षासम्मको अध्यापन गराउने र घटनाको छानबिन गर्ने सम्झौता गरेको थियो ।

पीडित पक्षसँग गरेको सम्झौता तत्काल खारेज गर्न माग गर्दै नेपाल चिकित्सक सङ्घ, नेपाल नर्सिङ सङ्घ, नेपाल स्वास्थ्यकर्मी सङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, स्वास्थ्य श्रमिक सङ्गठन, नेपाल स्वास्थ्यकर्मी युनियन, मेडिकल ल्याबोरेटोरी एसोसिएसन र अस्पताल विकास समिति कर्मचारी युनियनले संयुक्त रुपमा घटनाको छानबिन नगरी गरिएको सम्झौता खारेज हुनुपर्ने माग गर्दै भरतपुर अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प पारेका हुन् ।

उक्त सम्झौता तत्काल खारेज गर्ने प्रक्रिया अघि नबढाएमा भोलिदेखि चितवनका सबै अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प पार्ने नेपाल चिकित्सक सङ्घ चितवन शाखाका अध्यक्ष डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । बुधबारदेखि चितवनका सबै निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा चिकित्सकहरुले बन्द गराएका छन् । रासस