१९ कार्तिक २०८३, बिहिबार

संघीय संरचनामा फेरबदल गर्नु तत्काल ठीक हुँदैन्ः रामशरण महत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramsaran-mahat1

भैरहवा, ४ मंसिर । पूर्व अर्थमन्त्री डा. रामशरण महतले तत्कालको लागि संघीय संरचनामा फेरबदल नगरी साबिककै संरचनामा निर्वाचन गराउनुपर्नेमा जोड दिएका छन् ।

जेसीआई सिद्धार्थ नेपाल र जेसीआई सिद्धार्थ लेडीले संयुक्त रुपमा शनिबार भैरहवामा आयोजना गरेको नेपालको संविधान युवाहरुको भूमिका र चुनौती विषयक विचार गोष्ठीमा बोल्दै पूर्व अर्थमन्त्री डा. महतले भने, ‘अहिलेको वर्तमान संरचनामा स्थानीय तहको निर्वाचन गर्नुपर्दछ । यो संक्रमणकाल हो । यहि संरचनामा निर्वाचन नगरी पुर्नसंरचना तर्फ गए त्यसले अरु १, २ वर्ष समय लम्बाउने हुदां त्यसो नगरी तत्काल यहि संरचनामा स्थानिय निर्वाचन गर्नुको विकल्प नभएको हो ।’

नेता महतले यो बेला आर्थिक उपार्जनमा जोडिने बेला भएको समेत जनाउदैं सबै युवालाई सम्बोधन गदै भने “ अहिलेको संविधान युवा पक्षीय छ । संविधानको कार्यन्वयन गर्दै शान्ति र समृद्धि कायम गर्ने सबालमा युवाहरुको भूमिका पनि अहम् रहन्छ ।”

जेसीआई सिद्धार्थका अध्यक्ष लेखनाथ भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरे, नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल, नेकपा माओवादी केन्द्रका हकिउल्ला खा, मधेसबादी दलका नेता वृजेश गुप र जनमुक्ति पाटिका केन्द्रिय सदस्य टोप अस्लामीले आफ्ना विचार राख्दै जसरी संविधान ल्याउन युवाहरुले दबाब सन्चालन गरे त्यसरी नै यसको कार्यन्वयमा पनि दबाब सृजना गर्नुपर्नेमा जोड दिए । नेताहरुले युवाहरु उत्पादनमूलक कार्यमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएका थिए ।

सुमन शर्मा र पार्वती पौडेल कार्यक्रम संयोजक रहेको उक्त कार्यक्रममा जेसीआई सिद्धार्थका सल्लाहकार, पुर्व अध्यक्ष तथा विभिन्न क्षेत्रका प्रबुद्ध वर्गको सहभागीता रहेको थियो ।