१९ कार्तिक २०८३, बिहिबार

काठमाडौंमा दिनदहाडै दुई महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटियो

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lootpat

काठमाडौं, ४ मंसिर । राजधानीमा दुई महिलाको घाँटीबाटै सुन सिक्री लुटिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१५ नारायणटारस्थित राई स्कूल नजिकबाट हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले नारायणटार बस्ने कमला लिम्बुले घाँटीमा लगाएको करीव १.५ तोला बराबरको सुनको सिक्री शनिबार लुटी फरार भएका छन् ।

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका–१ रानीबन बस्ने ४८ वर्षीया शोभा पन्त क्षेत्रीले लगाएको पौने तोला सुनको सिक्री सोही नगरपालिका–२ पहेलो गुम्वा नजिक पैदल हिँडिरहेको अवस्थामा नम्वर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले शुक्रवार लुटपाट गरी फरार भएका छन ।

स्थानीय प्रहरी तत्काल घटनास्थलमा खटिएर लुटेराको खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।