१ कार्तिक २०८३, आइतबार

पाकिस्तानसँग १४० परमाणु हतियार, एफ-१६ बाट हमला गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-parmanu-missile-1

काठमाडौं, ४ मंसिर । पाकिस्तानले आफ्नो परमाणु हतियारको संख्या बढाइरहेको छ । र, अहिले उससँग करिब १४० वटा परमाणु हतियार छन् ।

यसका अलावा पाकिस्तानले अमेरिकाले दिएको एफ–१६ सहित केही अन्य लडाकू विमानलाई पनि परमाणु हमला गर्नका लागि तयार पारिसकेको र केही अरुलाई पनि बनाइरहेको छ ।

pakistan-parmanu-missile

भारतले यो कदमलाई अमेरिकी नियमको उल्लंघन भनेको छ । किनकि पाकिस्तानले अमेरिकाबाट यो विमान खरिद गर्नेबेला परिवर्तन गरेर परमाणु हतियार नबनाउने प्रतिबद्धता जनाएको थियो ।

बेलुटिन अफ अटोमिक साइंटिस्ट्सको पछिल्लो रिपोर्टमा पाकिस्तानले विभिन्न प्रविधि प्रयोग गरी परमाणु हतियारको तीव्र विकास गरिरहेको उल्लेख छ ।

रिपोर्टले भनेको छ– ‘पाकिस्तान र अधिक न्यूक्लियर वारहेड्स, डेलिभरी सिस्टम र परमाणु हतियारमा प्रयोगसम्बन्धी वस्तुहरुको उत्पादन गर्नेवाला उद्योगको मद्दतबाट लगातार परमाणु हतियार बढाइरहेको छ । हाम्रो अनुसन्धानअनुसार पाकिस्तानसँग १४० परमाणु हतियार छन् ।’

pakistan-parmanu-missile-2

वैज्ञानिकका अनुसार चार प्लूटोनियम उत्पादन रिएक्टर र यसका दुई यूरेनियम संवद्र्धन सुविधाको विस्तारबाट पाकिस्तानको परमाणु क्षमता आगामी १० वर्षमा अझै बढ्नेछ । यसबाट अगामी एक दशकमा परमाणु हतियारको संख्या ३५० हुनेछ र पाकिस्तान विश्वकै तेस्रो सर्वाधिक परमाणु हतियारवाला देश बन्ने छ ।

रिपोर्टमा भनिएको छ– ‘हाम्रो अनुमानमा यदि मौजूदा ट्रेंड जारी रह्यो भने २०२५ सम्म पाकिस्तानका परमाणु हतियारको क्षमता बढेर २२० देखि २५० सम्म पुग्नसक्छ ।’