
काठमाडौं, ३ मंसिर । राजधानीमा दिउँसै दुई मोटरसाइकलमा आगजनी भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बुढानिलकण्ठ नगरपालिका–५ बस्ने ज्ञान बहादुर खनालको बा ५५ प ४०६ र ललितपुर उपमहानगरपालिका–११ मंगलबजार बस्ने नबिन शाक्यको बा.५९ प २२२१ नम्बरको मोटरसाइकलमा बिहिबार आगजनी भएर क्षति भएको छ ।
काठमाडौ महानगरपालिका–११ त्रिपुरेश्वर स्थित ज्योती प्रकाश थापाले संचालन गरेको खाल्टो रेष्टुरेण्टमा आएको अवस्थामा शुक्रबार विहान अपरिचित व्यक्तिहरुले आगजनी गर्दा बा.५५.प ४०६ नम्बरको मोटरसाइकल पूर्णरुपमा जली नष्ट भएको थियो भने बा.५९ प २२२१ नम्बरको मोटरसाइकलको सिट कभर जलेर क्षति भएको थियो ।
आगजनी गर्ने फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया