– नवराज श्रेष्ठ
रामेछाप, ३ मंसिर । रामेछाप जिल्लामा चालु आर्थिक बर्षको तीन महिनामा २ हजार २ सय ९१ सवारी साधन कारवाहिमा परेका छन् । जसबाट १६ लाख ६५ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय रामेछापले जनाएको छ ।
गत बर्ष यहि तीन महिनामा १ हजार २ सय ३ सवारी कारबाहिमा परेकोमा ९८ हजार राजश्व संकलन भएको थियो ।
चालु आर्थिक बर्षको भदौ महिनामा ४ सय ४२ ,असोज महिनामा ९ सय ३५ र कात्तिक महिनामा ९ सय १४ सवारी साधनहरु कारवाहिमा परेका छन् । गत बर्षको भदौ महिनामा ५ सय ७०, असोजमा ३ सय ४३ र कात्तिक महिनामा २ सय ९० सवारी साधनहरु कारबाहिमा परेका थिए ।
कारवाहीमा पर्नेमा क्षमता भन्दाबढी यात्रु बोक्ने, लापरबाहिका साथ सवारी चलाउने, कागजपत्र साथमा नबोक्ने, सवारी चालक अनुमती बिना सवारीसाधन चलाउने, बिना हेल्मेट मोटरसाईकल चलाउने, तिब्र गतिमा सवारी चाउने, लगायतका रहेको जिल्ला ट्राफिक कार्यालय रामेछापले जनाएको छ ।
















प्रतिक्रिया