१ कार्तिक २०८३, आइतबार

सुनको मूल्यमा गिरावट, तोलाको ६ सय रुपैयाँले घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold pic

काठमाडौं, ३ मंसिर । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले घटेर तोलाको ५५ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको फेरबदलको प्रभाव नेपाली बजारमा पर्दा केही दिनयता लगातार सुनको भाउ घटिरहेको छ ।