२९ आश्विन २०८३, बिहिबार

पोखरा र भैरहवामा तत्काल अन्तराष्ट्रिय विमानस्थल आवश्यकः सुजता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujataकाठमाडौं, १९ भदौ । पर्यटनको क्षेत्रमा विकास गर्न सकेमात्रै नेपाल समुन्नत राष्ट्र बन्न सक्ने सरोकार वालाहरुले औल्याएका छन् ।

बिहिबार सिंहदरबारमा बसेको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा सहभागी सदस्यहरुले पर्यटनको विकासमा जोड दिएका हुन् ।

समितिमा बोल्दै नेपाली कांग्रेसकी नेतृ एवं पुर्व परराष्ट्रमन्त्री सुजता कोइरालाले पर्यटकीय क्षेत्रको विकास गरे देशको अर्थतन्त्रमा टेवा पुग्ने उल्लेख बताउनुभयो ।

उहाँले काठमाडौंमा रहेको एउटा अन्तराष्ट्रिय विमानस्थलले मात्रै नपुग्ने भन्दै पोखरा र भैरवहामा पनि तत्काल अन्तराष्ट्रिय विमानस्थल बनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले पोखरामा निर्माण तयारी गरेको विमानस्थललाई निरन्तरता दिन राज्यको ध्यानाकर्षण गराउनुभयो ।

बेरोजगारीकै कारण हजारौँ युवा विदेश पलाएन भएको प्रसङ्ग जोड्दै उहाँले पर्यटन क्षेत्रको विकास गर्न सके स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सकिने दाबी गर्नुभयो ।  समितिमा पर्यटन र श्रमका विषयमा छलफल भएको थियो ।