१९ कार्तिक २०८३, बिहिबार

रोल्पाको फुलबारीमा पहिलो पटक गाडि पुग्यो

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

– जीवन डाँगी

रोल्पा, २ मंसिर । पाखापानी–६ फुलबारीमा बिहिबार पहिलो पटक गाडि पुगेको छ ।

सल्यानको पातिहाल्ना, रोल्पाको पाखापानी लोदचौर जालिमेधुरी, राँक ताप्ला सडक खण्डको पाखापानी ६ फुलबारी रोल्पामा गाडि पुगेपछि एक कार्यक्रमका विच उक्त बाटोको उद्घाटन गरिएको छ ।

गएको आर्थिक बर्षमा जिविसको अनुदान रु ६ लाख स्थानियबासीको नगद रु ४ लाख र जनताको श्रमदान बाट निर्माण सम्पन्न गरिएको उक्त मोटर बाटोमा बर्षतका कारण विग्रिएको बाटोलाइ स्थानिय फुलबारी समाज कल्याण संस्थाको अगुवाईमा देउसी भैँलो खेलेर उठेको रु १ लाख २० हजार बाट पुन निर्माण गरे पछि, पहिलो पटक गएको रा १ त २१५१ नम्बरको ट्याक्टर लाई फुलमाला र अबिर ल्यापन गरि उद्घाटन गरिएको छ ।

बाटो निर्माण समितिका सचिब हरिलाल पुनको अध्यक्षता तथा सुर्योदय सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष नन्द बहादुर खत्री, गाडि मालिक सन्तोस बस्नेत र चालक गणेश केसीको बिशष्ो उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा सेरुङ सामुदायिक संस्थाका अध्यक्ष हरि बहादुर पुन, फुलबारी समाज कल्याण संस्थाका पुर्ब अध्यक्ष भुपेन्द्र घर्ति , बालबोध निमाविका नि.प्रअ भक्त बहादर केसी, फुलबारी समाज कल्याण संस्थाका पुर्ब सचिब बिरेन्द पुन लगायतले मनतब्य दिनुभएको थियो ।

अब आफ्नै गाउँ ठाउँमा गाडि चल्न थालेपछि स्थानिय निकै खुसि भएका छन् । बालबोध निमाबिका शिक्षक खड्क बहादुर वलीको स्वागत मनतब्य बाट सुरु भएको उद्घाटन कार्यत्रमको सन्चालन फुलबारी समाज कल्याण संस्थाका सस्थापक उपाध्यक्ष डम्बर बहादुर पुनले गर्नुभएको थियो ।