काठमाडौं, २ मंसिर । नेपाल टेलिकमले शुक्रबार रातिदेखि आफ्ना सेवा अवरुद्ध हुनसक्ने जनाएको छ ।
टेलिकमको जीएसएम पोस्टपेड मोबाइल सेवालाई ‘कन्भर्रजेन्ट रियल टाइम बिलिङ सिस्टम’ मा लगिन लागिएकाले सेवा अवरुद्ध हुनसक्ने बताइएको हो ।
टेलिकमले एक सूचना जारी गर्दै सो कार्य गर्नका लागि शुक्रबार रातिदेखि शनिबारसम्म कम्पनीका वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सीडीएमए सेवाका भ्वाईस, डाटा, एसएमएस, वाइम्याक्स सेवा तथा रिचार्ज सेवाहरु अवरुद्ध हुन सक्ने जनाएको छ ।
साथै टेलिकमले शनिबार कम्पनीका सबै ग्राहक केन्द्रहरु तथा विल भुक्तानी लगायतका कार्यहरु समेत बन्द हुने जनाएको छ ।

















प्रतिक्रिया