१ कार्तिक २०८३, आइतबार

पाकिस्तानी सेनाप्रमुख भन्छन्– हामीले भारतका ११ सैनिक ढाल्यौ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raheel

काठमाडौं, २ मंसिर । पाकिस्तानका सेनाप्रमुख राहिल शरिफले भारत–पाकिस्तान सीमा क्षेत्रमा भएको मुडभेडमा ११ भारतीय सैनिक मारिएको बताएका छन् ।

राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा मिडियालाई प्रतिक्रिया दिँदै शरिफले जून दिन भारतले पाकिस्तानका ७ सैनिक मारेको थियो त्यही दिन सीमा रेखामा पाकिस्तानी सेनाको जवाफी कारवाहीमा भारतका ११ सैनिक मारिएको दाबी गरे ।

सेनाप्रमुख शरिफले हालसम्मको मुडभेडमा आफूहरुले ४४ जना भारतीय सैनिक मारेको बताउँदै भारतीय सैनिकलाई आफ्ना सैनिक मारिएको कुरा स्वीकार गर्ने हिम्मत नभएको बताए । ‘इण्डियन आर्मीले आफ्ना जवानको मृत्यु भएको कुरा स्वीकार गर्ने हिम्मत देखाउनुपर्छ ।’

तर, भारतीय सेनाले भने ११ सैनिक मारिएको दाबी सत्य नभएको भनेको छ । भारतीय सेनाका प्रवक्ताले भनेका छन्– त्यो दिन हाम्रा कुनै सैनिक मारिएको छैन् ।