१ कार्तिक २०८३, आइतबार

गोली हानी पत्रकारको हत्या

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हतियारसहित एक पक्राउ
हतियारसहित एक पक्राउ

किन्सासा (कङ्गो), २ मङ्सिर । कङ्गोका एक सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारमाथि सोमबार गोली हानी हत्या गरिएको यहाँको नेसनल प्रेस युनियनले बुधबार जनाएको छ ।

कङ्गोली राष्ट्रिय रेडियो तथा टेलिभिजनका पत्रकार मार्सेल लुवालालाई सोमबार राति सुतिरहेको अवस्थामा गोली हानी हत्या गरिएको बताउँदै युनियनका प्रमुख जोसेफ वाडकार्ड कासोङ्गा सिलुङ्डेले घटनाको घोर निन्दा गर्नुभएको छ ।

उहाँले प्रहरीले रात्रिकालीन गस्ती गरिरहेका बेला पत्रकारको हत्या हुनुले आफू चिन्तित भएको सिलुङ्गेले बताउनुभयो ।

बुझीमाई सहरमा भएको उक्त घटना सहरमा कफ्र्यु लगाइएका बेला भएको थियो । पूर्वी कसाई प्रान्तका गभर्नरको निकट स्रोत अनुसार घटनामा प्रहरीको संलग्नता रहेको हुनसक्ने भन्दै घटनाको निष्पक्ष छानबिनका लागि युनियनले आग्रह गरेको छ । – एएफपी