पाँचथर, २ मंसिर । पाँचथरको फलैचा गाविस ७ का बिकास राईलाई १२ वर्षपछि प्रहरीले हत्याको आरोपमा मंगलबार फलैचा क्षेत्रबाट पक्राउ गरेको छ । राई ०६१ भदौ १८ गतेदेखि फरार भएका थिए ।
सोही ठाउँकी मनीषा बेघाको हत्या अभियोगमा हत्या अभियोगमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईले आफ्नी प्रेमिका बेघालाई टाउकोमा प्रहार गरेर हत्या गरी सिंहदेवी जंगलमा फालेको अनुसन्धानबाट खुलेको छ ।
बोघाको शव जंगलमा फेला पर्नु अघि भदौ ८ गते राईसँग बिहेको कुरा पनि चलेको थियो । बिहेका लागि ३ दिनको समय माग गरेका राईले नै उनको हत्या गरेको आरोप छ ।
ट्रक टोडफोड गर्ने समूह पक्राउ
यसैवीच, जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका ३ लालीखर्कमा ट्रक तोडफोड गर्ने समूलाई पक्राउ गरेको छ ।
ताप्लेजुङदेखि बिर्तामोड जादै गरेको ना ५ ख ५९३२ को ट्रकलाई कात्तिक ३० गते ८ बजेतिर चालकलाई कुटपिट गर्नुका साथै ट्रकमा तोडफोड भएको थियो । कुटपिटबाट फिदिम निवासी रमेशबहादुर राई घाइते भएका थिए ।
तोडफोडमा संलग्न रहेको अभियोगमा प्रहरीले फिदिमका २० वर्षीय वसन्त देवान, मणिराजन राई, प्रकाश योञ्जन तामाङ, निशान राई र नागी– २ का १७ रमेश आङबोलगायतलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी भनाइ छ ।













प्रतिक्रिया