काठमाडौं, १ मंसिर । बंगलादेश भ्रमणमा रहनुभएका प्रधान सेनापति राजेन्द्र क्षत्रीले त्यहाँका राष्ट्रपति र सेनाप्रमुखसँग शिष्टाचार भेटघाट गर्नुभएको छ ।
मंगलबार बंगलादेशका सेना प्रमुख जनरल अबु बेलाल मुहम्मद सफ्यूलको औपचारिक निमन्त्रणामा बंगलादेशको ढाका प्रस्थान गर्नु भएका प्रधानसेनापति क्षत्रीले बुधबार बंगलादेशका राष्ट्रपति तथा सेना प्रमुखसँग शिष्टाचार भेटघाट गर्नु भएको हो ।
यसअघि आजै बिहान प्रधान सेनापति क्षत्रीलाई बंगलादेश सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे ।
उक्त दुबै भेटवार्ताका क्रममा वहाँहरु बीच द्धिपक्षीय आपसी हीत र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।













प्रतिक्रिया