१ कार्तिक २०८३, आइतबार

चीनलाई उत्तर कोरियाको अनौठो अनुरोध, चिनियाँ अधिकारी चकित!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kim-jong-un

काठमाडौं, १ मंसिर । विश्वकै शक्तिशाली देश चीनलाई उत्तर कोरियाले अनौठो आग्रह गरेको छ । यो आग्रहले चिनियाँ अधिकारी चकित परेका छन् ।

अमेरिकी समाचार संस्था एपीका अनुसार उत्तर कोरियाली मन्त्रीले चिनियाँ अधिकारीहरुलाई फोन गरेर आफ्ना नेता किम जोङ उनलाई ‘मोटे’ नभन्न आग्रह गरेका हुन् ।

‘मेटे किम तृतिय’ भन्दै चिनियाँ सञ्चार मध्यममा किम जोङ उनको मजाक उडाइएपछि उत्तर कोरियाली अधिकारीहरुले त्यसो नगर्न आग्रह गरेको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाली अधिकारीहरुले आफ्ना नेताले थाहा पाउने डरले चिनियाँ अधिकारीहरुलाई यस्तो आग्रह गरेको जनाउँदै समाचारमा उत्तर कोरियाली शासक किम जोङ उनले साना साना गल्ती गर्नेलाई समेत मृत्युदण्ड दिने भएकाले अधिकारीहरु डराएको उल्लेख छ ।

यस्तो छ एपीको समाचारः

news