१९ कार्तिक २०८३, बिहिबार

गगन थापाले स्वीकारे कमजोरी, कर्मचारीको साथ नपाएको गुनासो

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa-2

काठमाडौँ, १ मङ्सिर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधान जारी भएको एक वर्ष भइसक्दा पनि जनताले गुणस्तरीय स्वास्थ्य सेवाको महसुस गर्न नसकेको बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले आयोजना गरेको ‘आव २०७२/०७३ मा सम्पादित स्वास्थ्य सेवा तथा कार्यक्रमको राष्ट्रिय वार्षिक प्रगति समीक्षा गोष्ठी’ मा उहाँले पुरानै कार्यशैली काम गर्ने बानीका कारण स्वास्थ्यका विषयमा राम्रा घोषणा गरिए पनि जनताले फरक अनुभूति गर्न नपाएको बताउनुभयो ।

संविधानमा गुणस्तरीय स्वास्थ्य सेवालाई जनताको मौलिक हकका रुपमा लेखिएको उल्लेख गर्दै मन्त्री थापाले संविधानमा लेखिएको निर्जीव अक्षरलाई जीवन्त बनाउने काम सबैको भएकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “संविधानमै आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय स्वास्थ्य सेवा र निःशुल्क स्वास्थ्य सेवा, आधारभूत, गुणस्तरीय र निःशुल्क उपचार, औषधिका बारेमा उल्लेख छ । यसमा गहन छलफल हुनु जरुरी छ । स्वास्थ्य सेवा निःशुल्क भनिएको छ तर त्यो जनताको करबाटै आएको पैसाले निःशुल्क भएको हो ।”

उहाँले भन्नुभयो, “आज के गर्ने ? भोलि के गर्ने ? एक महिनापछि के गर्ने ? कार्ययोजना बनाएर काम गर्नुपर्यो । अब यो भएन, त्यो भएन भनेर कर्मचारीले छुटकारा पाउँदैन ।”

सो अवसरमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले संविधानमा स्वास्थ्यसम्बन्धी जे कुरा उपलब्ध गराउन भनिएको छ, त्यो उपलब्ध गराउन मन्त्रालय जिम्मेवार रहेकाले सोहीअनुरुप काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

तीन दिनसम्म चल्ने समीक्षा गोष्ठीमा पहिलो दिन आफ्नो क्षेत्रका स्वास्थ्य स्थितिबारे प्रतिवेदन प्रस्तुत गर्दै पाँचै विकास क्षेत्रका निर्देशकले सरकारले पर्याप्त औषधि पुर्याउन नसकेको, धेरै जिल्लामा अझ पनि एम्बुलेन्स नपुगेको, बर्थिङ सेन्टरमा सामान्य सुविधा नभएको, भूकम्पपछि स्वास्थ्य संस्था पुनःनिर्माण नहुँदा सेवा दिन गाह्रो भएको, सबै स्वास्थ्य संस्थामा चिकित्सक पुर्याउने भनिए पनि अझ पनि धेरै प्राथमिक स्वास्थ्य संस्थामा एक जना पनि चिकित्सक नपुगेको आदि गुनासो गरेका थिए । रासस