१९ कार्तिक २०८३, बिहिबार

अख्तियारका थप चार आयुक्तको नियुक्ति पनि कानुनसम्मत नभएको भन्दै रिट दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthier

काठमाडौँ, १ मङ्सिर । सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार आयुक्तको नियुक्ति संविधानले तोकेको योग्यतानुसार नभएको भन्दै आज रिट निवेदन दायर भएको छ ।

अधिवक्ता दक्षबहादुर क्षेत्रीले आयोगका आयुक्त दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशराज जोशी र सावित्री थापा गुरुङको नियुक्ति कानुनसम्मत नभएको भन्दै निवेदन दायर गर्नुभएको हो ।

रिट निवेदनमा संविधानले तोकेको कानुन, राजस्व, लेखा सङ्कायमा २० वर्षको योग्यता हुनुपर्ने उल्लेख भएको तर आयोगका चार आयुक्तमा सो योग्यता नभएको जिकिर गरिएको छ । आयोगका निलम्बित प्रमुख आयुक्तविरुद्ध नियुक्तिकै विषयलाई लिएर दिइएको मुद्दासँगै अदालतमा आज अरु चार जनाको पनि नियुक्तिका विषयमा पनि प्रश्न उठाइएको छ । रासस