१९ कार्तिक २०८३, बिहिबार

स्वर्गीय पत्रकार न्यौपानेको सन्ततिका लागि नेजाको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjaya-neupane

क्यालिफोर्निया (अमेरिका), १ मङ्सिर । उपचारको क्रममा हालै निधन हुनुभएका पत्रकार सञ्जय न्यौपानेको सन्ततिका लागि नेपाल–अमेरिका पत्रकार सङ्घ(नेजा)ले आर्थिक सहयोग सङ्कलन गरेको छ ।

हालसम्म रु ११ लाख सङ्कलन गरेको नेजाका अध्यक्ष भोला आचार्यले जानकारी दिनुभयो । सङ्कलन गरिएको रकम न्यौपानेका सन्ततिका नाममा मुद्दति खाता खोलेर उनीहरूको शिक्षामा खर्च गरिनेछ ।

सङ्कलन भएको रकम नेपाल पत्रकार महासङ्घमार्फत चाँडै नै न्यौपानेको परिवारलाई हस्तान्तरण गरिने नेजाद्वारा गठित सहयोग सङ्कलन समितिका संयोजक नारायणप्रसाद सापकोटाले बताउनुभयो । आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष तथा आर्थिक दैनिक कारोबारका पूर्वसम्पादक न्यौपानेका एक छोरा र एक छोरी हुनुहुन्छ । रासस