काठमाडौं, १ मंसिर । काठमाडौंमा सक्रियताका साथ संचार कर्ममा जुटेका सुनसरी थाकथलो भएका पत्रकारहरु संगठित भएका छन् ।
इनरुवा घर भएका विश्वमणि सुवेदीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ । पत्रकार विनोद ढकाल र प्रकाशचन्द्र परियार समितिका सह–संयोजक रहेका छन् ।सचिवमा वीरेन्द्र केएम, सहसचिवमा नवराज विस्ट, कोषाध्यक्षमा नुनुता राईलाई चयन गरिएको छ । ११ सदस्यीय कार्यसमितिमा भीषण राई, शेखर अधिकारी, मिलन भण्डारी, रामकृष्ण उराँव, शौरभ श्रेष्ठ सदस्य रहेका छन् । भेलाले १२ सदस्यी सल्लाहकार समिति पनि गठन गरेको छ । भीम राई ज्वाला, धातृ सुवेदी, दुर्गा फुयाँल, शरदचन्द्र वस्ती, गोकुलप्रसाद पोखरेल, किरण पोखरेल, शिव भट्टराई, शरदचन्द्र भण्डारी सल्लाहकार रहेका छन् । त्यस्तै, बसन्त थापा, जनार्दन आचार्य, रामकुमार कामत पनि समाजका सल्लाहकार छन् ।
राजधानीमा रहेर विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीको हकहित र संरक्षणसहित प्रगतिशिल काममा सक्रियताका लागि समाज गठन गरिएको संयोजक सुवेदीले जनाए । केही समयमा अधिवेशनको आयोजना गरी नयाँ कार्यसमिति निर्वाचित गरिने सह संयोजक विनोद ढकालले जानकारी दिए । उनका अनुसार एक डेढ महिनामा नै अधिवेशन गरी समाजलाई बृहत्तर रुपमा अघि बढाउने तयारी भएको छ । त्यसका लागि आगामी शनिबार तदर्थ समितिको वैठक डाकीएको छ जसले अधिवेशन र आगामी कार्ययोजनाका विषयमा निर्णय गर्नेछ ।
तदर्थ समितिको संक्षिप्त वैठकले सुनसरी घर भएका र विभिन्न संचार माध्यममा काम गरिरहेका संचारकर्मीलाई सम्पर्कमा आउन आह्वान गर्नुका साथै संस्थालाई बलियो बनाउनका लागि सक्रियताका साथ अघि बढ्न आग्रह पनि गरेको छ ।













प्रतिक्रिया