२९ आश्विन २०८३, बिहिबार

दुधबाट म्याग्दीका किसानको मासिक आम्दानी डेढ लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

milk-cowमालती खत्री
म्याग्दी,  १९ भदौ । म्याग्दीको बरंजाका किसानहरुले एक महिनाको अवधिमा डेढ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् ।

बरंजा गाविसको ३ नम्बर वडा खर्कमा रहेको बरंजा दुग्ध सङ्कलन केन्द्रमा दैनिक दुध जम्मा गरी सोबाट कृषकहरुले १ लाख ६२ हजार दुइसय ४० रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् ।

मासिक रुपमा दुग्ध सङ्कलन केन्द्रमा दुध जम्मा गरी सबै भन्दा धेरै मोहनलाल कँडेलले दुधबाट मात्रै एक महिनामा १२ हजार ५ सय रुपैयाँ आम्दानी गरेका छन् ।

त्यसैगरी सबै भन्दा कम अर्का कृषक माया कँडेलले न्यूनतम ३ हजार रुपैयाँ आम्दानी गरेको केन्द्रले जनाएको छ ।

दुग्ध सङ्कलन केन्द्रमा हाल १७ जना कृषकहरुले दैनिक २ देखि १६ लिटरसम्म दुध जम्मा गर्ने गरेका छन् ।

त्यहाँ जम्मा गरेको दुध म्याग्दी सदरमुकाम बेनीलगायतका बजारमा ढुवानी गर्ने गरिएको छ ।

ढुवानीका लागि प्रतिलिटर १२ रुपैयाँ ५० पैसा, कोषमा सङ्कलन १ रुपैयाँ, कर्मचारीलाई १ रुपैयाँ र कृषकलाई ४५ रुपैयाँ दिने गरिएको केन्द्रका अध्यक्ष भविलाल सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै बरंजाको दुधमा २५ प्रतिशत मात्रा (फ्याट) रहेको बताइएको छ ।

अन्य ठाउँको तुलनामा बरंजाको दुध उत्कृष्ट रहेको बेनीका व्यवसायी खिम रोकाले बताउनुभयो ।

यसैबीच बरंजाबाट बेनीसम्म मोटरसाइकलमार्फत दुध ढुवानी गर्दा १० जना कृषकले वर्षाको समयमा मोटरबाटोमा आउने भलबाढी समेत पन्छाउन पालैपालो बाटो सफा गर्ने गरेका छन् ।

दैनिक २ ओटा मोटरसाइकलबाट दुध ढुवानी गर्ने मोटरबाटो हाँडेभिर–सुर्केमेला–बरंजा–झाँक्रीपानी सडक कृषि सडकखण्ड अन्तर्गत पर्दछ ।

सडक मर्मतका लागि सम्बन्धित निकायले चासो नदिँदा कृषकहरुलाई दैनिक उपभोग्य सामान घर पु¥याउन र स्थानीय उत्पादन बजार लैजान समस्या भएको गुनासो गरेका छन् ।

ा