– नवराज श्रेष्ठ
रामेछाप, १ मंसिर । रामेछाप जिल्लामा प्रशासनिक कामहरु कर्मचारीहरुले सामान्य ध्यान नदिँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउन आउनेहरुको नागरिकताको प्रमाणपत्रमा कर्मचारीहरुले छाप लगाउन छुटाइदिँदा सेवाग्राहीहरुले हैरानी खेप्नु परेको छ ।
यस्तै समस्याको सिकार हिमगंगा गाविस वडा नम्बर २ का नवराज तामाङ पनि बने । सोमबार नागरिकता र पासपोर्ट बनाउनका लागि बुबा लेखबहादुर तामाङ सहीत उनी जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । सबै प्रीक्रया पुरा गरेर उनले नेपाली नागरिकताकाको प्रमाणपत्र त लिए तर प्रमाणपत्रमा जिल्ला प्रशासनको छाप छुट्यो । नागरिकताको प्रमाणपत्र फोटोकपी गर्ने क्रममा छाप नदेखेपछि उनी पुनः फर्र्किएर छाप लगाउन पुगे । उनी मन्थलीमा नै भएकाले समस्या भएन कतिपय नागरिकता बनाएर काठमाडौँ पुगेपछि छाप नभएर फर्कने गरको सेवाग्राहीहरु बताउँछन् ।
जिल्ला प्रशासन कार्यालमा अधिकारीले हस्ताक्षर गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीको कोठा प्रवेस गर्ने ढोकाकै छेउमा छाप लगाउने फाँट छ । तर छाप लगाउने कर्मचारीले ख्याल नगरिदिँदा कतिपय नागरिकता बनाउन आएकाहरु छाप नलगाई निस्कने गर्दछन् । हस्ताक्षर गर्ने अधिकृत वा सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीले छाप लगाएर लैजानु भने पनि सेवा ग्राहीले सो कुरा नबुझ्दा कतिपयको महत्वपूर्ण कागजमा छाप छुट्ने गरेको गुनासो सेवाग्रहीको रहेको छ । यसलाई व्यवस्ति गर्ने प्रशासन कार्यालयको ध्यान जानु आवश्यक छ ।













प्रतिक्रिया