१९ कार्तिक २०८३, बिहिबार

रोल्पालाई प्रदेश नं ५ बाट अलग गरे आन्दोलन गर्ने राणाको चेतावनी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

press-rolpa

रोल्पा, १ मंसिर । नेकपा एमाले प्रदेश नं ५ का उपप्रमुख तथा पूर्व भुमिसुधारमन्त्री दलबहादुर राणाले सरकारले संविधान संशोधन गर्ने बाहनामा रोल्पा र प्युठानलाई प्रदेश नं ५ बाट अलग्याउन खोजेको आरोप लगाउनु भएको छ ।

प्रेस चौतारी नेपाल शाखा रोल्पाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा राणाले मधेसी मोर्चाको अजायन मागलाई संविधान संशोधन गर्ने बाहना सरकारनै विदेशी राष्ट्रको ईशारामा चलिरहेको जिकिर गर्नुभयो । साथै, रोल्पालाई प्रदेश नं ५ बाट अलग्याएमा आफुहरुलाई सह्य नहुने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका सासंद बैजनाथ चौधरीले भारत जस्तो ठूलो राष्ट्रले समेत आफ्नो देशको पहिचानार्थ अंगीकृत नागरिकतामा सावधानी अपानाएको छ भने नेपालले पनि सावधानी अपनाउनु पर्ने बताउनु भएको छ । तर, सरकार नै भारतको ईशारमा चलेमा भने आफ्नो पार्टीले नयाँ कदम चाल्ने उहाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले की केन्द्रिय सदस्य तथा युवा नेतृ रचना खड्काले महिलाहरुको हक र अधिकारको लागी आफ्नो पार्टी सधै सकारात्मक रहेको बताउनु भएको छ । महिलाहरुको उत्थानको लागी पार्टीले अवलम्बन गरेको नितीबाट सगंठित भएर आफुहरु एक हुनुपर्नेमा उहाले जोड दिनुभयो ।

प्रेस चौतारी नेपाल, जिल्ला शाखा रोल्पाका अध्यक्ष जीवन डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिलिप कुवँरले गर्नु भएको थियो ।