१९ कार्तिक २०८३, बिहिबार

माछा मार्दा करेन्ट लागेर एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा (झापा), १ मङ्सिर । खोलामा करेन्ट लगाएर माछा मार्नेक्रममा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार मेचीनगरपालिका– ११ का ३३ वर्षीय कुमार मगरको करेन्ट लागेर मृत्यु भएको हो । मङ्गलबार स्थानीय पालिया खोलामा माछा मार्दा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते बनेका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा ल्याए पनि उनको अस्पतालमा नै मृत्यु भएको बताइएको छ । रासस