१ कार्तिक २०८३, आइतबार

राष्ट्र संघको केन्द्रमा ट्रम्प, अडानमा पुनःविचार हुने विश्वास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

trumpमाराकेरा (मोरक्को), १ मंसिर । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित हुनुभएका रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले वायुमण्डलमा भएको तापमान वृद्धिका विषयमा व्यक्त गर्दै आएका धारणामा पुनःविचार गर्नुहुने विश्वास व्यक्त गर्नुभएको छ ।

ट्रम्पले जलवायु परिवर्तनबाट वातावरणमा आएको तापमान वृद्धिका विषयमा राख्दै आएका धारणालाई यस विषयको संवेदनशीलता र आवश्यकतालाई बुझ्दै आफ्नो पूर्व अडानलाई परिवर्तन गरी समस्याको समाधानतर्फ लाग्नु हुनेछ, बानले मङ्गलबार जलवायु सम्मेलनका विषयमा मोरक्कोमा विश्व नेताहरुलाई सम्बोधन गर्ने क्रममा बताउनुभयो ।

सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको सम्मेलन र वातावरणमा आएको तापमान वृद्धिसम्बन्धी सम्मेलनमा अनावश्यक अफवाह फैलाउने काम भएको भन्दै नवनिर्वाचित अमेरिकी नेता ट्रम्पले पेरिस जलवायु सम्झौतालाई ‘खारेज’ गरिनुपर्ने धारणा आफ्नो चुनावी अभियानका क्रममा बताउनुभएको थियो ।

तर राष्ट्रसङ्घका महासविव बानले जलवायु परिवर्तन रोक्न भएका उपलब्धिमूलक काम रोक्न नहुने भन्दै जतिसुकै स्रोत र साधनयुक्त एवम् शक्तिशाली राष्ट्र पनि जलवायु परिवर्तनको शिकार हुनुपर्ने अवस्था रहेको बताउनुभयो । – एपी