१९ कार्तिक २०८३, बिहिबार

यो सरकार विदेशीको ईशारामा चलिरहेको छः रचना खड्का

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rasana-khakda-uml

– जीवन डाँगी

रोल्पा, ३० कात्तिक । नेकपा एमाले केन्द्रिय सदस्य तथा युवा नेतृ रचना खड्काले संविधान संशोधन गर्दा सरकारले आधार स्पष्ट पार्नुपर्ने बताउनु भएको छ ।

मधेसी मोर्चाहरुको अजायज मागलाई संशोधन गर्ने बाहनामा सरकार नै विदेशी राष्ट्रको ईशारामा चलिरहेको बताउनु भएको हो । स्थानीय निकाय तह पुनः सरचंनाको सवालमा पनि सरकारले सावधानी नअपनाएको उहाँको भनाई छ ।

अखिल नेपाल महिला सघं, जिल्ला कमिटी रोल्पाले आयोजना गरेको जिल्ला स्तरिय महिला प्रशिक्षण कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै महिलाहरुले आफ्नो हक अधिकारको लागी आफै लाग्नु पर्ने बताउनु भएको छ ।

त्यस्तै कार्यक्रमा बोल्दै अखिल नेपाल महिला सघं, स्थायी कमिटी सदस्य तथा पुर्व सासंंद रिमा कुमारी नेपालीले पार्टीले अबलम्बन गरेको नितीमा महिलाहरु सगंठित हुन सकेमा महिलाले आफ्नो हक र अधिकार सुनिश्चीत गर्न सक्ने बताउनु भएको छ । महिलाहरुको उत्थानको लागी अनेम सघं सधै सकारात्मक भएको बताउनु भयो ।

अखिल नेपाल महिला सघंकी केन्द्रीय सदस्य चन्द्रकुमारी पुनले उक्त कार्यक्रमले रोल्पाली महिलाहरुलाई आफ्नो क्षमता विकासमा थप उर्जा थपेको बताउनु भएको छ । साथै, कार्यक्रम सफलताको शुभकामना दिदै यस्ता कार्यक्रम समाज परिवर्तनको लागी महत्वपुर्ण रहने भन्दै आगमी दिनमा पनि आयोजना गरिनुपर्नेमा जिकिर गर्नुभयो ।

नेकपा एमाले जिल्ला कमिटि रोल्पाका अध्यक्ष हरीप्रसाद घर्तीले रोल्पालाई टुक्र्याएर प्रदेश नं ६ मा राख्ने सवाल आईरहेकोमा आफु र आफ्नो पार्टी त्यसको विरोधी रहेको बताउनु भएको छ । कुनैपनि हालतमा रोल्पालाई प्रदेश नं ५ बाट छुट्याएर प्रदेश नं ६ मा राख्ने प्रयासमा आफुहरु सहित सम्पुर्ण रोल्पालीहरु आन्दोलनमा उत्रले उहाले बताउनु भयो ।

uml-rolpa

प्रदेश नं ५ का प्रदेश कमिटि सदस्य कुमारले दशौदीले पनि प्रदेश नं ५ लाई अन्याय गरेर प्रदेश नं ६ मा राख्न खोजिएको आरोप लगाउनु भएको छ । आफुहरुलाई यो कुरा सह्य नभएको भन्दै उहाले रोल्पा विकासको लागी प्रदेश नं ५ मा नै उपयुक्त भएको बावी गर्नुभयो ।

नेकपा एमाले रोल्पाका निवर्तमान अध्यक्ष तथा प्रदेश नं ५ का प्रदेश कमिटि सदस्य शान्त कुमार वलीले आफ्नो पार्टीले निर्वाचन जित्नकै लागी मात्रै अगाडी नबढेको भन्दै आफ्नो जिम्मेवारीलाई समृद्ध देशको गोरेटोमा उतारेको बताउनु भएको छ । साथै उहाले पार्टिले चाल्ने जस्तोसुकै कदममा जन्ताको मनोभावनालाई समेट्नु पर्ने बताउनु भएको छ ।

आज रोल्पाको सदरमुकाम लिवाङ आयोजना गरिएको दुई दिने जिल्ला स्तरिय महिला प्रशिक्षण कार्यक्रममा विभिन्न गाविसका ४० भन्दा वढि महिला प्रतिनिधीहरुको उपस्थीती रहेको थियो । अखिल नेपाल महिला सघं, रोल्पाकी अध्यक्ष ईश्वरी जि एमको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको सन्चालन हस्तमाली वाठाले गर्नु भएको थियो ।