१९ कार्तिक २०८३, बिहिबार

भन्सार छली लैजादै गरेको सुनसहित त्रिभुवन विमानस्थलमा दुई जना पक्राउ

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3काठमाडौँ, ३० कात्तिक । भन्सार छली लैजादै गरेको २ लाख ७५ हजार ९ सय रुपैयाँ मुल्य वरावरको ५८ ग्रामको सुनको वाला सहित भक्तपुर अन्नतलिंगेश्वर नगरपालिका–१४ गुन्डु घर भएका २९ वर्षीय शशी कुँवर र २ लाख ३७ हजार रुपैयाँ मुल्य वरावरको ५० ग्रामको सुनको वाला सहित मकवानपुर हेटौंडा–२४ ठुलो दमार घर भई शंखमुल वस्ने २८ वर्षीय शोभा वानियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलील अन्तर्राष्ट्रिय विमानस्थलको कार पार्किङ्ग एरियामा सोमवार उनीहरुले वाहिरी मुलुकबाट आगमन भएका यात्रुबाट अवैध रुपमा भन्सार छली गर्न लगाई लैजान लागेको अवस्थामा एक–एक थान उक्त सुनको वालासहित पक्राउ गरेको हो ।

उनीहरुलाई सुनसहित आवश्यक कारवाहीको लािग त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएको छ ।