२ कार्तिक २०८३, सोमबार

ताम्राकारको मोटरसाइकल लमजुङका प्रबिन सिलवाललाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tamrakar-bike

काठमाडौं, ३० कात्तिक । राजधानीको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सले दशै र तिहारको अवसरमा आयोजना गरेको दशैं तिहारको बहार ताम्राकारमा उपहार नै उपहार योजनाको बम्पर पुरस्कार लमजुङका प्रबिन सिलवालले पाएका छन् ।

मंगलबार ताम्राकार कम्प्लेक्समा आयोजित कार्यक्रमकाविच लक्की ड्रका विजेता सिलवाललाई मोटरसाइकल हस्तान्तरण गरिएको हो । असोज १३ गतेदेखि कार्तिक ६ गतेसम्म ताम्राकार मोबाइल बजारमा मोबाइल खरिद गर्ने ग्राहकहरुलाई यो अफरमा समावेश गरिएको थियो ।

tamrakar-bike-1

मोटरसाइकल बिजेता सिलवालले ताम्राकार कम्प्लेक्सको पसल नं ४१ बाट डिटिसी मोबाइल खरिद गरेका थिए ।

एक महिनाको सो अवधीभर ताम्राकार मोबाइल बजारबाट ४५ हजार सेट मोबाइल बिक्री भएको ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले बताए ।

tamrakar

मोटरसाइकल पाउने सिलवालले उपहार प्राप्त गरेकोमा आश्चर्य प्रकट गरे । प्राप्त उपहारले ताम्राकार मोबाइल बजार प्रतिको बिश्वास बढेको पनि उनले बताए । ३ हजार रुपैंयाँ मूल्यको मोबाइल खरिद गरेका उनले २०० सिसिको पल्सर एनएस मोटरसाइकल प्राप्त गरेका हुन् ।

सो अवधीमा बजारमा मोबाइल खरिद गर्ने उपभोक्ताहरुलाई लक्की ड्र मार्फत १० वटा सामसङ टिभी, बिभिन्न कम्पनीका ३० वटा मोबाइल र १ सयवटा पावर बैंक बितरण गरिएको ताम्राकार मोबाइल ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए ।