काठमाडौं, ३० कात्तिक । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग, नेदरल्याण्डस्थित पमको प्राबिधिक सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा गरिएको नर्सरी ब्यबस्थापन तालिम सम्पन्न भएको छ ।
५ दिन सम्म चलेको यो तालिममा धरान, पोखरा, चितवन र काठमाडौंका गरि ३० जना पुष्प ब्यवसायीको सहभागिता रहेको थियो । नेदरल्याण्डस्थित PUM का पुष्प बिशेषज्ञ WIM VAN KESTER ले ५ दिने तालिम दिएका थिए ।
तालिममा सहभागिहरुलाई फ्लोरिकल्चर एसोशिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले प्रमाणपत्र बितरण गरेका थिए ।
अध्यक्ष कुमार कसजु श्रेष्ठले यसपटक आयोजना गरेको तालिम यस अघि गरिएका तालिम भन्दा फरक रहेको बताउँदै यो तालिमबाट सिकेका कुरा ब्यबहारमा लागू गर्न आग्रह गर्नुभयो ।
सहभागिहरुलाई सिकाएका कुरा दैनिक कार्यमा प्रयोग गर्न, योजना बनाएर आफ्नो ब्यबसायमा लाग्न आग्रह गर्दै वीन भान केस्टरले नेपाली ब्यबसायीले धेरै कुरा ब्यबहारबाट जानिसकेको बताए । यो तालिमबाट सिकेको ज्ञान अन्य स्टाफ, ब्यबसायीलाई सिकाउन पनि उनले अनुरोध गरे ।
















प्रतिक्रिया