१९ कार्तिक २०८३, बिहिबार

कीर्तिपुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ३० कात्तिक । राजधानीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका–३ सुन्दरीघाटमा बा.७० प १५९७ नम्बरको मोटरसाइकलले मंगलबार विहान नाम, थर, वतन खुल्न नसकेको पैदलयात्री अंदाजी ५० बर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले मोडल अस्पताल किर्तिपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक झापा शिवगञ्ज–१ घर भई हाल किर्तिपुर ट्याङ्लाफाँट बस्ने १८ वर्षीय प्रिजेन्स भेटवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।