ललितपुर, ३० कात्तिक । महानगरीय प्रहरी प्रभाग लुभुबाट गस्तीमा खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिका–९ फलामेपुल स्थित गोदावरी खोला किनाराबाट मोरङ्ग हसनदह– ८ घर भई ईमाडोल बस्ने २३ बर्षीय युनिस साहलाई चोरीको बा.३१ प ८७३ नम्बरको मोटरसाईकलमा बा.२९ प ४२० नंम्बरको नम्बर प्लेट परिवर्तन गर्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।
निजले उक्त बा.३१ प ८७३ नम्बरको मोटरसाईकल काठमाडौ सुकेधारा नजिकै सडकबाट चोरी गरी ल्याई नम्बर परिवर्तन गर्न लागेको खुल्न आएको छ । सोही स्थानमा रहेको अर्को हरियो रंगको वास्तविक नम्बर नखुलेको (पछि नम्बर परिवर्तन गरिएको भनिएको बा.५३ प ७५१६ नम्बर भएको) स्कुटर समेत युनिस साहले काठमाडौं कालीमाटी तरकारी बजार अगाडी सडक बाटोबाट केही दिन पहिले मात्रै चोरी गरी ल्याई नम्बर परिवर्तन गरेको खुल्न आएको डीएसपी ईश्वर कार्कीले बताए ।
साहलाई उल्लेखित मोटरसाईकल सहित महानगरीय प्रहरी बृत्त महाराजगज काठमाडाँैमा र स्कुटर महानगरीय प्रहरी बृत्त कालीमाटीमा आवश्यक अनुसन्धानको लागी पठाइएको छ ।













प्रतिक्रिया