१९ कार्तिक २०८३, बिहिबार

प्रेस काउन्सिल-सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा, आवेदन आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

patrakarita-puraskarकाठमाडौं, ३० कात्तिक । प्रेस काउन्सिल– सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कारको घोषणा भएको छ ।

पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति वा संस्थालाई ५ लाख रुपैयाँको प्रत्येक वर्ष प्रेस काउन्सिल– सानिमा बैंक राष्ट्रिय पुरस्कार वितरण गरिनेछ ।

यसैबीच प्रेस काउन्सिलले एक सार्वजनिक सूचना जारी गर्दै प्रेस काउन्सिल– सानिमा बैंक राष्ट्रिय पुरस्कारका लागि पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका व्यक्तिले ५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ ।

काउन्सिलका अनुसार व्यक्ति वा संस्था स्वयंले निवेदन दिन वा अन्य कुनै व्यक्ति वा संस्थालाई सिफारिश गरी पठाउन सकिनेछ ।